महानगरवासीको सबै चाहना पूरा गर्न नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु : मेयर शाक्य
काठमाडौं, चैत ५ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको दाबी गरेका छन्।मेयर...
काठमाडौं, चैत ५ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको दाबी गरेका छन्।
मेयर शाक्यले आज (शनिबार) काठमाडौं महानगरपालिका वडा १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै भने, ‘सबै वडा कार्यालयहरुलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएको छु।’
महानगरवासीको सबै चाहना पूरा गर्न नसके पनि आफूलाई प्रापत धेरैजसो जिम्मेवारी पूरा गरेको जिकिर उनले गरे। ‘सबै पूरा गर्न नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु,’ उनले भने, ‘मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु। सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइ दिएको छु।’
उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन महानगरपालिकाले धेरै काम गरेको बताइन्।
प्रकाशित मिति: १४:४५ बजे, शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











