Kathmandu Press

गठबन्धनमा मात्रै भर नपरेर एकीकृत समाजवादीले आफ्नै शक्तिमा चुनाव लड्नुपर्छ : खनाल

काठमाडौं, चैत ५ : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेलको सम्भवना रहे पनि...
गठबन्धनमा मात्रै भर नपरेर एकीकृत समाजवादीले आफ्नै शक्तिमा चुनाव लड्नुपर्छ : खनाल

काठमाडौं, चैत ५ : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेलको सम्भवना रहे पनि त्यसैमा मात्र भर पर्न नहुनेमा जोड दिएका छन्।

नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अरुको आड लागेर मात्र चुनाव जित्न नसक्ने स्पष्ट पार्दै पार्टीले आफ्नै शक्तिमा चुनावी प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले सबै नेताकार्यकर्तालाई आफ्नो शक्तिमाथि भरोसा गर्न र संगठनलाई मजबुत बनाइ शक्ति निर्माणमा केन्द्रित हुन निर्देशन दिए।

आफ्नो शक्तिलाई बलियो बनाउन र विस्तार गर्न सकेनौं भने अरुको आडमा मात्र अगाडि जान सकिँदैन। आफ्नो शक्ति कसरी विस्तार गर्ने, हरेक वडा, हरेक गाउँमा कसरी अगाडि बढ्ने भनी ध्यान दिन सके मात्र आउने निर्वाचनमा यथोचित सफलता हासिल गर्न सक्छौं,’ उनले भने।

खनालले आगामी निर्वाचनमा एमालेलाई सजाय दिनुपर्ने पनि बताएका छन्। कम्युनिस्ट पार्टीको बहुमत सांसद हुँदाहुँदै संविधानविपरीत विघटन गरेकाले एमाले अध्यक्ष केपी ओलीलाई सबैभन्दा ठुलो सजाय दिनुपर्ने उनको भनाइ थियो।

‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठुलो सजाय पाउनुपर्छ। उनको बाकसमा जिरो मतको स्थिति बनाउनुपर्छ अनि मात्र नेपाली जनताले सही ढंगले संवधानको रक्षा गरेको ठहर हुन्छ,’ उनले भने।

खनालले संसद विघटन गर्ने एमाले र ओली दक्षिणपन्थी अवसरवादमा रुमलिएको आरोप लगाए।

प्रकाशित मिति: १४:३१ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्