समय फल्चाको पुनर्निर्माण सम्पन्न
काठमाडाैं, चैत ५ : ललितपुरको पुल्चोकस्थित दुई सय वर्ष पुरानो इतिहास बोकेको समय फल्चाको पुनर्निर्माण सम्पन्न भएको छ।शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले...
काठमाडाैं, चैत ५ : ललितपुरको पुल्चोकस्थित दुई सय वर्ष पुरानो इतिहास बोकेको समय फल्चाको पुनर्निर्माण सम्पन्न भएको छ।
शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आयोजित एक कार्यक्रमका बीच उक्त फल्चाको शिलालेखको अनावरण गरेका हुन्। महर्जनले आफूले हालसम्म ७५ पाटी निर्माण सम्पन्न गर्न सफल भइसकेको जानकारी दिए।
उनले पुनर्निर्माण थाल्दा पुल्चोकको मूल सडक नै अतिक्रमण हुन्छ भन्ने आरोप सहनुपरेको भन्दै आफूले फल्चानजिकैको पेटीसमेत नछोएको दाबी गरे। उनले समय फल्चाको महत्व धेरै रहेको भन्दै सम्पदा फिर्ता आएकोमा सबै खुसी रहेको धारणा रारे।
यसअघि फल्चा पुनःनिर्माणमा देखिएको विवाद अदालतसम्म पुगेको थियो। अशोक स्तुपसँगैको कित्ता नं. ३२७ मा पुनःनिर्माण गर्न खोजिएको समय् फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा भएको शिलालेखबाट पनि यसको पुष्टि हुन्छ।















