माओवादी नेता आचार्यको निधन
नेपालगन्ज, चैत ५ : नेकपा माओवादी केन्द्रका नेपालगन्ज निवासी नेता दामोदर आचार्यको आज (शनिबार) निधन भएको छ। ५९ वर्षीय उनको भेरी अस्पतालमा उपचारका...
नेपालगन्ज, चैत ५ : नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज (शनिबार) निधन भएको छ। नेपालगन्ज निवासी ५९ वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगन्ज नगर कमिटी अध्यक्ष रतन शाहीले जानकारी दिए।
उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए। स्वास्थ्यमा सुधार भएपछि नेपालगन्जस्थित घरमै स्वास्थ्य लाभ गरिरेका उनलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो।
माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहनुभएका अचार्य नेपालगञ्ज उद्योग वाणिज्य संङको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पनि भएका थिए।
उद्योगमा लोकप्रिय छवि बनाएका उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगरप्रमुखको उम्मेदवार पनि बनेका थिए।
प्रकाशित मिति: १३:३७ बजे, शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












