Kathmandu Press

दक्षिण एसियामा खुसी हुने देशमा नेपाल पहिलो, विश्वकै पहिलाेमा फिनल्यान्ड

काठमाडाैं, चैत ५ : दक्षिण एसियामा सबैभन्दा बढी खुसी हुने देशमा नेपाल पहिलो स्थानमा परेको छ।सन् २०१९ देखि २०२१ सम्म गरिएको सर्वेक्षणअनुसार तयार...
दक्षिण एसियामा खुसी हुने देशमा नेपाल पहिलो, विश्वकै पहिलाेमा फिनल्यान्ड

काठमाडाैं, चैत ५ : दक्षिण एसियामा सबैभन्दा बढी खुसी हुने देशमा नेपाल पहिलो स्थानमा परेको छ।

सन् २०१९ देखि २०२१ सम्म गरिएको सर्वेक्षणअनुसार तयार पारिएको वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा पहिलो बन्न सफल भएको हो।

विश्वभरिका देशमध्ये भने नेपाल ८४औं स्थानमा परेको छ। नेपालपछि क्रमशः बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) रहेका छन्। सर्वेक्षणमा १४६ वटा देशलाई समावेश गरिएको थियो। तर दक्षिण एसियाका भूटान र माल्दिभ्सलाई भने सर्वेक्षणमा समावेश गरिएको छैन।

विश्वमा सबैभन्दा बढी खुसी हुने देशमा फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विजरल्यान्ड र नेडरल्यान्डस् क्रमशः पहिलोदेखि पाँचौं नम्बरमा छन्। त्यसैगरी छैटौंमा नर्वे‚ सातौंमा स्विडेन‚ आठौंमा लेक्जम्बर्ग‚ नवौंमा न्युजिल्यान्ड र दशौंमा अष्ट्रिया रहेका छन्। फिनल्यान्ड यसअघि चारपटक पहिलाे नम्बरमा परिसकेकाे छ।

विश्व खुसी प्रतिवेदनले प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ उत्पादन (जिडिपी), स्वस्थ औसत आयु, जीवन छनाेट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई आधार मानेर सूची तयार पार्ने गरेकाे छ।

प्रकाशित मिति: १३:११ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्