Kathmandu Press

हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिने

हुम्ला, चैत ५ : हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ। स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म...
हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिने

हुम्ला, चैत ५ : हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ। स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

हुम्लाका लागि चार हजार १६ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए। छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ। अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ।

Hardik ivf

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन्। त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत रू. ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी रु. ६ हजार, यातायात खर्चबापत रु. १ हजार र बीमा सुविधासमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

छनोट प्रक्रिया भने चैत १५ देखि प्रारम्भ हुने, नतिजा चैत २२ सम्म प्रकाशन गरिने र चैत २८ देखि प्रशिक्षण सुरु गरिने भएको छ। 

प्रकाशित मिति: १२:५५ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्