नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा पण्डित
जनकपुर, चैत ५ : नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित भएकी छन्। नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी सिडेनका उम्मेदवार...
जनकपुर, चैत ५ : नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित भएका छन्।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी सिडेनका उम्मेदवार रामकिशोर यादवलाई ५२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा पण्डित निर्वाचित भएका हुन्। पण्डितले ४०३ मत प्राप्त गर्दा यादवले ३५१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी उपाध्यक्षमा कार्तिकेश झा ३२४ मत प्राप्त गरी निर्वाचित भए। सचिव पदमा रामनारायण यादव ३७५, सहसचिवमा रामेश्वर यादव ४२६ र कोषाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै सदस्यहरूमा नेहा कर्ण, छितेशकुमार यादव, अञ्चली ठाकुर, प्रवीणकुमार यादव, रविकुमार साह, प्रियांसुकुमार गुप्ता, सुमी मिश्रा, रीताकुमारी यादव, दीपककुमार मण्डल र बिनिताकुमारी यादव निर्वाचित भएका छन्।
प्रदेशबाट केन्द्रीय सदस्यमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्।












