Kathmandu Press

स्थानीय निर्वाचनमा विजय हासिल गर्न एमालेलाई कसैले रोक्न सक्दैन : ओली

काठमाडाैं, चैत ५ : एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्यधिक विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन्।एमाले...
स्थानीय निर्वाचनमा विजय हासिल गर्न एमालेलाई कसैले रोक्न सक्दैन : ओली

काठमाडाैं, चैत ५ : एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्यधिक विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताएका हुन्।

उनले अब हुने स्थानीय तहको चुनावको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने धारणा रारे। अब २० हजारभन्दा बढी जनप्रतिनिधि जिताउनुपर्ने र चारभन्दा बढि पालिकामा एमालेले विजयी हासिल गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै अध्यक्ष ओलीले स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौवैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिए।

पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्र कमजोर भइरहेको जिकिर गर्दै उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको टिप्पणी गरे।

ओलीले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सूर्य चिह्नमा भोट हाल्न पनि आग्रह गरेका छन्।  उनले कांग्रेस सभापतिसमेत रहेका देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति व्यङ्ग्य गर्दै अब सबै ज्येष्ठ नागरिक सूर्य चिह्नमा भोट हाल्नुपर्नेमा जोड दिए।

उनले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेताकार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन दिए।

आगामी स्थानीय चुनावमा देशव्यापी अभियानमा जाने भन्दै ओलीले गाउँगाउँमा खटिन कार्यकर्तालाई निर्देशन दिए। 

प्रकाशित मिति: १२:२० बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्