Kathmandu Press

‘एमालेले टाँसिदिएको जुँगामा माधव नेपाल ताउ लगाइरहेका छन्’

ओलीले माधव नेपालहरु कम्युनिष्ट पार्टी नभएको कुरा जनतामा लैजानु पर्ने बताउँदै एकीकृत समाजवादी पार्टी नै नबनेको र स्थानीय चुनवामै समाप्त हुने टिप्पणी पनि गरे।
‘एमालेले टाँसिदिएको जुँगामा माधव नेपाल ताउ लगाइरहेका छन्’

काठमाडाैं, चैत ५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरुले टाँसी दिएको जुँगामा माधव नेपाल ताउ लगाइरहेको बताएका छन्।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले टाँसिदिएको जुँगामा ताउ लगाउन थालेको उल्लेख गर्दे त्यो पार्टी ध्वस्त हुने दाबी बताए।

‘हामीले टाँसिदिएको जुँगामा माधव नेपाल ताउ लागाइरहेका छन्, त्यो ध्वस्त हुन्छ । कम्युनिष्ट सरकारलाई भोट दिने बेलामा होटलमा बसेर चुप लागेर बसे । देउवालाई प्रधानमन्त्री बनाउन पछिल्लो गेटबाट गएर लुसुलुसु भोट हाले । यस्तो पनि हुन्छ राजनीति ?’ ओली माधवप्रति कटाक्ष गर्दै भने, ‘एमालेले लाइदिएको बिल्ला फुकाल्नु पर्दैन ?’

ओलीले माधव नेपालहरु कम्युनिष्ट पार्टी नभएको कुरा जनतामा लैजानु पर्ने बताए । यस्तै ओलीले सत्ता गठनबन्धनमा रहेको एकीकृत समाजवादी पार्टी नै नबनेको र स्थानीय चुनवामै समाप्त हुने टिप्पणी पनि गरे।

कार्यक्रममा ओलीले माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको दाबी पनि गरे । एमालेले भरिदिएको भाँडो रित्तिसकेको उल्लेख गर्दै ओलीले माओवादी अब सकिसक्केको बताए । उलने भने, ‘हामीले भरिदिएको भाँडो रित्तिसक्यो होइन, प्रचण्डजी। एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छ कि छैन ? हामी खुर्कीखार्की गरेर पनि निकाल्छौं।’

अध्यक्ष ओलीले आउँदो निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गरे । गठबन्धन भन्ने मनोवैज्ञानिक त्रास मात्र भएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न नसक्ने बताए ।

साथै स्थानीय तहको निर्वाचनको सन्दर्भमा अमध्यक्ष ओलीले गडबढ हुने भन्दै मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने माग गरे। लाह छाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने भन्दै उनले त्यसको पहरेदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति: १२:०७ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्