Kathmandu Press

प्रधानमन्त्री देउवाले गरे खिम्ती सबस्टेशनको उद्घाटन

काठमाडौं, चैत ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले रामेछाप एक कार्यक्रमबीच शनिबार खिम्ती सबस्टेसन उद्घाटन गरेका...
प्रधानमन्त्री देउवाले गरे खिम्ती सबस्टेशनको उद्घाटन

काठमाडौं, चैत ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले रामेछाप एक कार्यक्रमबीच शनिबार खिम्ती सबस्टेसन उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए।

देउवाले शनिवारै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकनमा गर्ने कार्यक्रम समेत छ । निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने गर्दै देउवाले ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने जनाइएको छ ।

माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो। २२०/१३२ केभी क्षमताको खिम्ती सबस्टेसन केन्द्रीय विद्युत प्रणालीमा जोडिने दोस्रो ठूलो सबस्टेसन हाे।

प्रकाशित मिति: ११:०३ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्