खिम्ती सबस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा रामेछापमा

काठमाडौं, चैत ५ : प्रधानमन्त्री शेरबहादुर देउवा रामेछाप पुगेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाअन्तर्गतको खिम्ती सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री देउवा शनिबार रामेछाप पुगेका हुन्।
यसैक्रममा देउवाले शनिवारै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकनमा गर्ने कार्यक्रम समेत छ ।
निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने गर्दै देउवाले ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने जनाइएको छ ।
प्रकाशित मिति: १०:५६ बजे, शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











