एमाले नेता ढकाल भन्छन्– नेपालकाे राजनीति दुई ध्रुवमा विभाजित भयाे
चितवन, चैत ५ : नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् । प्रेस चौतारी नेपाल...
चितवन, चैत ५ : नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ढकालले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए।
उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताए । केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिने निश्चित भएको उनको दाबी थियो । स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा संघीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने ढलको भनाइ छ।
नेता ढकालले एमालेको दबाबकै कारण स्थानीय निर्वाचन समयमै हुनलागेको बताए । उनले निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गरे । ‘निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको थियो,’ उनले भने, ‘संघीयमा निर्वाचन हुँदा सरकारविहीनताको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन।’
सरकारले निर्वाचन आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुरा सारेको उनको आरोप छ । उनले भने, ‘संवैधानिक निकाय राजनीतिकको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा हो।’











