बाइक र स्कुटरमा यस्तो छ दशैं अफर
काठमाडौं, असोज १२ : दशैंको अवसरमा दुईप्रांग्रे सवारी साधन खरिदमा विशेष छुटसहित अफर सार्वजनिक गरिएका छन्। विभिन्न कम्पनीले मोटरसाइकल र स्कुटरमा दशैं अफ....

काठमाडौं, असोज १२ : दशैंको अवसरमा दुईप्रांग्रे सवारी साधन खरिदमा विशेष छुटसहित अफर सार्वजनिक गरिएका छन्। विभिन्न कम्पनीले मोटरसाइकल र स्कुटरमा दशैं अफर ल्याएका हुन।
दशैंमा नयाँ लुगासँगै नयाँ सवारी साधन खरिद गर्न थालिएको छ। जसले गर्दा विभिन्न कम्पनीले पनि यहि अवसरमा विशेष छुटको घोषणा गर्दै आएका छन्।
मोटरसाइकल तथा स्कुटरमा विभिन्न कम्पनीले ल्याएका दशैं योजना यस्ता छन्ः
यामाहाको भिक्ट्री योजना
यामाहाले दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गरी भिक्ट्री’ अफर ल्याएको छ। यसअन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिदकर्तामध्येबाट ‘लक्की ड्र’मार्फत एक जनालाई हरेक दिन एक लाख नगद प्रदान गरिने जनाएको छ।
त्यस्तै कम्पनीले जुनसुकै मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रेच कार्डमार्फत सात हजारदेखि एक लाख रुपैयाँ छुट दिने गरेको जनाएको छ।
बजाजको ‘भविष्यवाणी’ योजना
बजाज मोटरसाइकले दशैंका लागि ‘भविष्यवाणी’ योजना ल्याएको छ। यो योजनाअन्तर्गत मोटरसाइकल किन्नुअघि नै ग्राहकले आफुले कति नगद जितेको छु भन्ने थाहा पाउन सक्नेछन्।
‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ भन्ने नारा सहितको यो योजना ल्याएको हो। यसमा मोटरसाइकल किन्नुअघि नै एक लाख रुपैयाँसम्म नगद जित्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, खरिद गरेपछि पनि एक लाखसम्म जित्न सकिने जनाएको छ।
टीभीएसको दशैं दौड योजना
टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरक जगदम्बा मोटर्सले ‘दशैंको दौड’ अफर ल्याएको छ। यो अफरअन्तर्गत नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ।
सुजुकीको चचहुइई योजना
सुजुकीले दशैंको लागि विशेष चचहुइई योजना ल्याएको छ। यो योजनाअन्तर्गत सुजुकीको जुनसुकै मोटरसाइकल खरिद गर्दा जिक्सर एसएफ जित्न सकिने जनाएको छ।
त्यस्तै, सुजुकीले ‘स्योर सट’ योजनाअन्तर्गत नगद १० हजारसम्म जित्ने जनाएको छ।











