आजदेखि देशभरका रेष्टुराँहरु बन्द, श्रम विभागको रोहवरमा दिउसो ३ बजे वार्ता हुदैं
काठमाडौं, माघ २२ः रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विरुद्ध आन्दोलनरत मजदुर संगठनले आज देखि देशभरका रेष्टुरेन्टहरु बन्द गराउँदै छन् ।&....
काठमाडौं, माघ २२ः रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विरुद्ध आन्दोलनरत मजदुर संगठनले आज देखि देशभरका रेष्टुरेन्टहरु बन्द गराउँदै छन् ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले १० प्रतिशत सेवा शुल्क कुनै पनि हालतमा कटौति गरेरै छाड्ने र कार्यन्वयन गर्दै जाने पक्षमा रहेको छ भने मजदुरसंगठनहरु भने रेबानसँग वार्ता नगर्ने पक्षमा देखिएका छन् ।
“१० प्रतिशत सेवा कटौतिको निर्णय फिर्तानै हाम्रो बटम लाइन भएकोले फिर्ता नभएसम्म रेष्टुरेन्टहरु आज देखि बन्द हुने छन्,” अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघका महासचिव मुक्ती दाहालले भने । सेवा शुल्क लिने रेष्टुरेन्टहरु बन्द नगर्ने तर कटौति गर्ने देशभरका रेष्टुरेन्ट अनिश्चत कालका लागि बन्द गर्ने दाहालले बताए ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले गत मंगलबार देखि लागू हुनेगरी १० प्रतिशत सेवा शुल्क खारेजीको निर्णय गरेको थियो । सेवा शुल्क कटौतिको विरुद्ध तत्कालिन एमाले, माओवादी र कांग्रेस निकट मजदुर संगठनहरुले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले गत मंगलबार देखि लागू हुनेगरी १० प्रतिशत सेवा शुल्क खारेजीको निर्णय गरेको थियो । सेवा शुल्क कटौतिको विरुद्ध तत्कालिन एमाले, माओवादी र कांग्रेस निकट मजदुर संगठनहरुले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
सत्ता पक्षिय मजदुर संगठनलेनै बन्द हड्तालमा उत्रेको भन्दै व्यवसायीहरुले भने विरोध गरेका छन् । सरकारले भिजिट नेपाल २०२० घोषणा गरेको वेला यस्ता गतिविधिले असर पार्ने रेबानले बताउँदै आएको छ । रेबानका अनुसार देशभरका काठमाडौं, पोखरा, सौराहा गरेर २ हजार भन्दा बढी रेष्टुरेन्टमा बन्दको प्रभाव पर्ने जनाएको छ ।
काठमाडौं, पोखरा, चितवन, सौरहा तथा लुम्बिनीका आधिकांस रेष्टुरेन्हरुले १० प्रतिशत सेवा शुल्क लिन छाडेका छन् । काठमाडौका ठूला रेष्टुरेन्टहरु आँगन, गुलाब स्विट्स, संगम स्विट्स, केएफसी, थर्ड आई, ब्ल्याक पिपर, भ्याली फ्राइड चिकेन, नाङ्लो बेकरी लगायत दर्जनौ रेष्टुरेन्टहरुले सेवा शुल्क विलमा जोड्न छाडेको रेबानले जनाएको छ । त्यस्तैगरी पोखरा, चितवन र सौराहाका रेस्टुरेन्टहरुले पनि सेवा शुल्क लिन छोडेको रेबानले जनाएको छ ।
तत्कालिन माओवादी र अन्य मजदुर संगठनको दवावमा सन् २००६ मा होटेल एसोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रुपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो ।
आज ३ बजे वार्ता हुदैं
मजदुर संगठनहरु र रेबानबीच श्रम विभागको रोहवरमा आज दिउसो ३ बजे त्रिपक्षय वार्ता हुने भएको छ । श्रम विभागले रेबान र मजदुर संगठनलाई आज मंगलबार दिउसो ३ बजे वार्ताका लागि विभागमा बोलाएको छ । रेबानसंग वार्ता नगर्ने भनेका मजदुर संगठनहरु पनि विभागको रोहबरमा भने वार्तामा बस्न तयार भएका छन् । श्रम विभागले मजदुरसंगठन र रेबानलाई पत्र काटेर वार्तामा बोलाएको हो ।






