Kathmandu Press

चुनावबारे निर्णय गर्न आज पनि विप्लवको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, चैत ५ : आगामी स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयमा निर्णय गर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक...
चुनावबारे निर्णय गर्न आज पनि विप्लवको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, चैत ५ : आगामी स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयमा निर्णय गर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।

नेकपाको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि कपिलस्वस्तुमा चलिरहेको छ। शुक्रबारको बैठकमा केही नेताले चुनावमा सहभागी हुनुपर्ने धारणा राखे भने केहीले चुनाव बहिष्कार गर्नुपर्नेमा जोड दिएका थिए।

महासचिव विप्लवले चुनावलाई उपयोग गर्नुपर्ने प्रस्ताव राखेका छन्। उनको राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यले मत राखिरहेका छन्।

बैठकमा ६९ जना केन्द्रीय सदस्य र चार जना सल्लाहकार सहभागी छन्। केही नेताले शुक्रबार बोलेका छन् भने केहीले बोल्न बाँकी छ। आज पनि केन्द्रीय सदस्यले बोल्नेक्रम जारी रहने जनाइएको छ।

प्रकाशित मिति: ०८:०० बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्