आफैँले ढालेको रुखले किचिँदा युवकको मृत्यु
ताप्लेजुङ, चैत ५ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा रुखले किचेर एक जनाको मृत्यु भएको छ।दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले...
ताप्लेजुङ, चैत ५ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा रुखले किचेर एक जनाको मृत्यु भएको छ।
दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर तुलसी भनिने भीमप्रसाद रम्तेलको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन्। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ।
प्रकाशित मिति: ०६:४२ बजे, शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












