ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
रुकुम, चैत ५ : रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट...
रुकुम, चैत ५ : रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए। उनका अनुसार मृतकको परिचय खुलेको छैन।
दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए।
सामान्य घाइते हुनेमा ३२ वर्षीय वीरप्रताप बुढा रहेका छन्। अर्का घाइतेको पनि पहिचान खुल्न सकेको छैन। दुवै जनाको रुकुमपूर्व अस्पततालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०६:३६ बजे, शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











