Kathmandu Press

मोरङमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

माेरङ, चैत ४ : तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ।जिल्ला प्रहरी...
मोरङमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु
Hardik ivf

माेरङ, चैत ४ : तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।

यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्र्याक्टरसहित ४१३ वटा सवारी साधनलाई आज कारवाही गरेको बताए। यस्तै मापसे सेवन गरी होहल्ला गरी हिँड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्