Kathmandu Press

केन्द्रीय समिति बैठक : चुनावमा जाने विप्लवकाे प्रस्ताव

काठमाडाैं, चैत ४ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव...
केन्द्रीय समिति बैठक : चुनावमा जाने विप्लवकाे प्रस्ताव

काठमाडाैं, चैत ४ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस गरेका छन।

शुक्रबार दिउँसो कपिलवस्तुको शिवगढीमा बसेकाे बैठकमा उनले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन।

बैठकमा अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको छ। भोलिसम्म उक्त प्रतिवेदन अध्ययन गरेर पुनः छलफल गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए।

 

प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्