Kathmandu Press

खरिद नियमावली संशोधन निर्माण व्यवसायीमैत्री नभए कडा कदम चाल्ने चेतावनी

खरिद नियमावली संशोधन निर्माण व्यवसायीमैत्री नभए कडा कदम चाल्ने चेतावनी

काठमाडाैं, चैत ४ : नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०६४ को ११औं संशोधन निर्माण व्यवसायीमैत्री हुनुपर्ने माग गर्दै अन्यथा भए कडा कदम चाल्ने चेतावनी दिएको छ।

महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत २३औं साधारण सभाले पारित गरेको २२ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै उक्त संशोधनमा महासंघको सहमतिको खाका बमोजिम एवं निर्माण व्यवसाय मैत्री नभएको खण्डमा कडाभन्दा कडा कदम चाली आवश्यक कार्यक्रम तय गर्ने चेतावनी दिएको हो।

त्यस्तै महासंघले निर्माण सामाग्रीमा अप्रत्यासित, असामान्य मूल्यवृद्धि भएकाले यस्तो मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे कायम गर्न र सर्व किसिमका ठेक्कामाा मूल्यवृद्धि पाउने गरि सार्वजनिक खरिद अनुगमन कार्यालयबाट मुल्य समायोजनको लागि विशेष व्यवस्था गर्न प्राविधिक मार्गदर्शन जारी गर्न पहल गर्ने जनाएको छ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐन २०६३ को दोश्रो संशोधन सदनमा दर्ता रहेकोमा उक्त विधेयकका थुप्रै दफाहरु निर्माण मैत्री नभएको र आवश्यक संशोधन गर्नुपर्ने बताए। त्यस्तै उनले लुम्विनी प्रदेश सरकारले दुईवटा कम्पनीले मात्र भाग लिन पाउने गरि टेन्डर आह्वान गरिएको भन्दै उनले आपत्ति जनाए।

महासंघले जिल्ला दररेट निर्धारण समिति वैज्ञानिक, व्यवहारिक र अधिकारसम्पन्न हुने गरि पुनर्गठन गर्न पनि पहल गर्ने जनाएको छ। 

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्