Kathmandu Press

लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : पूर्वप्रधानमन्त्री नेपाल

लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : पूर्वप्रधानमन्त्री नेपाल

गाेरखा, चैत ४ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पुर्‍याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन।

नेकपा (एकीकृत समाजबादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पु¥याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका हुन। लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिएका हुन। 'लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ,' उनले भने, 'यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ।' उनले लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताए।

Hardik ivf

विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालले जोड दिए। 'विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो,' उनले भने, 'तपाईहरु पनि लाग्नुस, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ।'

 

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्