Kathmandu Press

बर्दियामा ब्राउन सुगरसहित तीनजना पक्राउ

बर्दियामा ब्राउन सुगरसहित तीनजना पक्राउ

बर्दिया, चैत ४ : बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए। 

पक्राउ पर्नेमा भारत बहराइच जिल्ला शिवरात्रीपुरका २५ वर्षीया सबिना साई र २६ वर्षीय सद्दाम साई तथा काठमाडौँ महानगरपालिका–७ का ४७ वर्षीय सुमन केसी रहेको उपरीक्षक शाहीले जानकारी दिए । 

तीनै जनालाई विहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। 

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्