Kathmandu Press

आत्मीयता साटासाट गरेर तराईमा मनाइयाे हाेली

काठमाडाैं, चैत ४ : रङैरङको पर्व फागु अर्थात् होली सद्भाव र आत्मीयता साटासाट गर्दै शुक्रबार तराई क्षेत्रमा मनाइएको छ।पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट...
आत्मीयता साटासाट गरेर तराईमा मनाइयाे हाेली

काठमाडाैं, चैत ४ : रङैरङको पर्व फागु अर्थात् होली सद्भाव र आत्मीयता साटासाट गर्दै शुक्रबार तराई क्षेत्रमा मनाइएको छ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ। तराईका जिल्लामा रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ।

Hardik ivf

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रल्हादलाई केही नभएको कथा जोडिन्छ।

शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ।

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्