Kathmandu Press

राजनीतिक पूर्वाग्रह राखेर महानगरका योजना कार्यान्वयनमा बाधा सिर्जना : मेयर शाक्य

काठमाडौं, चैत ४ : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न...
राजनीतिक पूर्वाग्रह राखेर महानगरका योजना कार्यान्वयनमा बाधा सिर्जना : मेयर शाक्य

काठमाडौं, चैत ४ : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो गरेका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाक्यले वसन्तपुर डबलीको पुनर्निर्माणलगायत अन्य योजना कार्यान्वयनमा केही जनप्रतिनिधिले राजनीतिक पूर्वाग्रहका आधारमा नै नियोजित रुपमा अवरोध गर्ने गरेको गुनासो गरेका हुन्।

उनले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुसी रहेको पनि दाबी गरे। शाक्यले बाहिर विवाद भनेर प्रस्तुत गरिए पनि भित्री रुपमा उपमेयर हरिप्रभा खड्गीसंग कुनै विवाद नरहेको धारणा राखे।

शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको उल्लेख गनुृभयो । त्यस्तै उहाले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा पनि आपत्ती जनाए।

जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनले बताए।

पत्रकार सम्मेलनमा शाक्यले महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाका बारेमा जानकारी गराएका थिए। 

प्रकाशित मिति: १७:०९ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्