Kathmandu Press

शिक्षक सेवा आयोगको परीक्षा दिन जाँदा परिचय खुल्ने प्रमाणपत्र बोक्न आग्रह

शिक्षक सेवा आयोगको परीक्षा दिन जाँदा परिचय खुल्ने प्रमाणपत्र बोक्न आग्रह

काठमाडौं, चैत ४ : शिक्षक सेवा आयोगको यही चैत १५ गतेबाट सुरू हुने विभिन्न तहका परीक्षाका उम्मेदवारले प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा लिएर जानुपर्ने भएको छ।

आयोगले सूचना जारी गरेर यही चैत १५, १७, १९ र २१ गते सञ्चालन हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका उम्मेदवारले प्रवेश परीक्षाका साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान अनुरोध गरेको छ।

उम्मेदाररले प्राप्त गरेको प्रवेशपत्रमा केही अस्पष्टता देखिएको गुनासो आएपछि सबै परीक्षार्थीलाई परीक्षामा सहभागी हुन जाँदा परिचय खुल्ने प्रमाणपत्र बोक्न आग्रह गरिएको आयोगले जनाएको छ।

आयोगले खुलातर्फ माध्यामिक तहमा १ हजार ४२, निम्न माध्यामिक तहमा १ हजार ९१३ र प्राथमिक तहमा ९ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खोलेको छ। मावि तहको परीक्षा १५ गते, निम्नमाध्यामिकको १७ गते, प्राथमिकको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते हुनेछ।

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्