Kathmandu Press

मध्यपुर थिमिका २३ सुकुम्बासीलाई लालपुर्जा वितरण

भक्तपुर, चैत ४ : सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ।नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा...
मध्यपुर थिमिका २३ सुकुम्बासीलाई लालपुर्जा वितरण

भक्तपुर, चैत ४ : सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ।

नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले २३ जनालाई लालपुर्जा वितरण गरेकी हुन्। सरकारले उनीहरुलाई पुनःकित्ता नाप गरी लालपुर्जा वितरण गरेको हो। आफ्नो जग्गा भएर पनि लालपुर्जा नपाएर वर्षाैंदेखि भूमिहीन बनेका नागरिकलाई प्राथमिकता राखेर देशभरि अभियान चलाएको मन्त्री श्रेष्ठले बताइन्।

भूमिहीनलाई जग्गा दिने महोत्तरीबाट सुरु गरेको चार महिनाको अभियानमा झण्डै १५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको उनले जानकारी दिए। आगामी एक वर्षभित्र देशभरका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने योजनाका साथ सरकार अगाडि बढेको मन्त्री श्रेष्ठले उल्लेख गरे। 

मन्त्री श्रेष्ठले सरकारले सहिद, बेपत्ता परिवार, हलिया, कमैया, कम्लरी, हरुवाचरुवालगायत सिमान्तकृत समुदायका परिवारका लागि यसै सातादेखि नापी तालिमको व्यवस्था गर्दै रोजगारीको व्यवस्था गर्न लागेको बताए। सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमि ऐन लागू गर्ने अन्तिम चरणमा पुगेको उनले उल्लेख गरे।

वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले जनताका पक्षमा अहिलेको सरकारले काम गरिरहेको चर्चा गर्दै यहाँका भूमिहीनले वर्षौंपछि स्वामित्व पाएको बताए। मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले लिएको अभियानलाई कर्मचारीले सफल पार्नुपर्ने भन्दै लालपूर्जा वितरण कार्यलाई प्रभावकारी बनाइने बताए।

नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलले भक्तपुरमा ४५६ जनालाई लालपूर्जा वितरण गरिने जानकारी दिए। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्त, मध्यपुरथिमि नपा–६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिलगायतले धेरै समस्या र अवरोधकाबीच वर्षौंदेखिको प्रयास सफल भएको उल्लेख गरे।

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्