होली पर्वले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्याउँछ : नेता कोइराला
इनरुवा, चैत ४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले हाम्रो मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न...
इनरुवा, चैत ४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले हाम्रो मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न होली पर्वले सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेकाे छ।
होली पर्वको अवसरमा आज (शुक्रबार) इनरुवा आयोजित कार्यक्रममा होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको बताउँदै समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गरी न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्नमा यो पर्वले सहयोग पुर्याउने बताए।
यस पर्वले एकापसमा रहेको तीक्तता अन्त्य गर्दै सबैलाई एकता कायम गर्नका लागि मद्दत गरोस् भनी उनले कामनासमेत गरे। बिहीबार पहाडी जिल्लाहरुमा मनाएको होली पर्व आज सुनसरीसहित तराई मधेस क्षेत्रमा एकापसमा रङ्ग र अबिर लगाएर धुमधामका साथ मनाइँदैछ।











