Kathmandu Press

घरनजिकै जङ्गली हात्तीले आक्रमण गर्दा एकको मृत्यु

चितवन, असोज १२ : जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, जङ्गली हात्तीको आक्रमणबाट माडी न....

घरनजिकै जङ्गली हात्तीले आक्रमण गर्दा एकको मृत्यु

चितवन, असोज १२ : जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, जङ्गली हात्तीको आक्रमणबाट माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ मृत्यु भएको हो। शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो।

आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको स्थानीय वासिन्दाले बताएका छन्। उनको शव परीक्षणका लागि भरतपुर लगिएको छ।

प्रकाशित मिति: १०:४१ बजे, आइतबार, असोज १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्