Kathmandu Press

निर्वाचन कार्यक्रम : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, १६ गते नामावली प्रकाशन 

उम्मेदवारहरुलाई नाम फिर्ताका लागि वैशाख १६ गते बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।  
निर्वाचन कार्यक्रम : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, १६ गते नामावली प्रकाशन 

काठमाडौं, चैत ४ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। 

आयोगले उम्मेदवारको मनोनयन दर्ताका लागि वैशाख ११ र १२ गरीदुई दिनको समय निर्धारण गरेको छ। मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा उजुरी दिन भोलिपल्ट (वैशाख १३) बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्याइएको छ। 

वैशाख १४ गते आयोगले मनोनयन पत्र र उम्मेदवारविरुद्ध परेको उजुरी जाँचबुझ गरी निर्णय गर्नेछ भने १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ। 

उम्मेदवारहरुलाई नाम फिर्ताका लागि वैशाख १६ गते बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ। आयोगले वैशाख १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने  र १७ गते निर्वाचन चिन्ह प्रदान गर्दै वैशाख ३० गते मतदान गराउने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्