संवैधानिक नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौं, चैत ४ : संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ। शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ ईश्वरप्रसाद...
काठमाडौं, चैत ४ : संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ। शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त रिटको सुनुवाई हेर्दाहेर्दैमा राखेको हो।
अब अर्को सुनुवाई बुधबार हुनेछ। आजको सुनुवाईमा रिट निवेदकका कानुन व्यवसायीहरुले बहस गरेका थिए। अधिवक्ता ओमप्रकाश अर्यालले यसअघि सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले सुनुवाइ रोक्ने गरी जारी गरेको अन्तरिम आदेशले संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध गरेकाले पहिले अड्चन खुलाउनु पर्ने माग गरेका छन्।
बुधबारको सुनुवाईमा विपक्षी वकिलहरुले बहस गर्नेछन्। उनीहरुलाई एक घन्टाको समय दिइएको छ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेश जारी गर्दै संवैधानिक परिषदमा बहुमतका आधारमा अख्तियारलगायत संवैधानिक निकायमा ५२ जना पदाधिकारीको नियुक्ति गरेपछि विवादको रुप लिएको थियो।











