राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेहरु पराजित हुन्छन् : लिङ्देन
काठमाडाैं, चैत ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही दलका नेताले राजनीतिलाई पेसा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका...
काठमाडाैं, चैत ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही दलका नेताले राजनीतिलाई पेसा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसाव्यवसाय बनाउनेहरु नराम्ररी परााजित हुने पनि बताए।
उनले अब राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु कांग्रेस, एमाले माओवादीको कित्तामा हुने र देश यथास्थीतिमा राख्नुहुँदैन भन्नेहरु आफ्नो पक्षमा रहने धारणा राखे। त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली बिदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे।
बिजुलीको अधिकतम प्रयोग गर्न सक्ने मुलुक बिकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनको भनाइ थियाे। उनले मुलुकको हितमा काम गर्न सक्ने राप्रपा बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने बताए।
कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए।











