Kathmandu Press

अनुत्तीर्ण भएकालाई पनि चालक अनुमतिपत्रका दिएको आरोपमा नौजनाविरुद्ध मुद्दा

अनुत्तीर्ण भएकालाई पनि चालक अनुमतिपत्रका दिएको आरोपमा नौजनाविरुद्ध मुद्दा

काठमाडौं, चैत ४ : घुस लिएर सवारी चालक अनुमतिपत्र दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

परीक्षामा अनुत्तीर्ण भएकालाई पनि अनुमतिपत्रका दिएको आरोपमा उनीहरूविरुद्ध अख्तियारले आज (शुक्रबार) मुद्दा दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी दिए। अख्तियारले शाखा अधिकृत पौडेल, हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल भ्रष्टाचारमा संलग्न रहेको भन्दै मुद्दा दायर गरेकाे हो।

‘यातायात  व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र यातायत व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखराबाट  मिति २०७५ मंसिर, २०७६ साल कार्तिक र मंसिरमा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा...,’ प्रवक्ता भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको साथै प्रयोगात्मक (ट्रायल) परीक्षामा खटिने निरीक्षकहरुले हस्ताक्षरसहित पेस गरेको नतिजा सूची (चेक लिष्ट) ट्रायल टेस्ट सेडुल रिपोर्ट उपलब्ध गराई सोही नतिजाको आधारमा ट्रायल टेस्ट अपडेड र अप्रुभ हुनुपर्नेमा सोविपरीत हुनेगरी फेल तथा अनुपस्थित रहेका परीक्षार्थीहरुलाई पास र पास भएका परीक्षार्थीहरु फेल गरीगराई परीक्षाको परिणाम फेरबदल गर्दासमेत निज निमित्त कार्यालय प्रमुखसमेतले संलग्न कर्मचारीहरुलाई कुनै प्रकारको विभागीय कारबाही गरेको नदेखिएको हुँदा निजहरु निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र हरिप्रसाद गौतमसमेत, भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी  र भरतमणि बरालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’  

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्