Kathmandu Press

आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’

चितवन, चैत १ : कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै  प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ। अहिले तिरेरपछि उपभोग...
आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’

चितवन, चैत १ : कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै  प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ। अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो।

सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा रकम भुक्तान गरेमा आउँदो वर्ष होटल उपयोग गर्न पाइने छ । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध गराइएको छ। जसमा दिन र रातको जम्मा रु चार हजार पाँच सय मात्रै तिरे सुविधायुक्त कोठा उपलब्ध हुनेछ । सामान्य अवस्थाको तुलनामा यो अफरमा सहभागी हुनेले ६६ प्रतिशत छुट पाएको उनको भनाइ थियो।

यो अफरका लागि रकम अग्रिम भुक्तानी गर्नुपर्ने र होटलले सो रकम पाएपछि एउटा नंम्बर सहितको भौचर उपलब्ध गराइनेछ । कुपन जस्तै भौचर ग्राहकले राख्नुपर्नेछ । सो भौचर पाउन यही चैत मसान्तसम्म अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । भौचर लिएर २०७९ साल वैशाख २ देखि चैत २७ सम्म जुनसुकै महिना वा दिनमा आएर बस्न सकिनेछ । 

कुपन भने तोकिएको समयभित्रै लिनुपर्ने र बसोबासका लागि यही मूल्यमा जहिले आए पनि हुने सञ्चालक घिमिरेले बताए । भौचरमा तोकिएको मितिभन्दा अन्य दिनमा आउने ग्राहकले एक साताअघि कोठा बुक गर्नुपर्ने हुन्छ । आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर यो अफर ल्याएको उनको भनाइ थियो ।

गत वर्ष  पनि उक्त होटलले असार र साउन महिनामा सोही  अफर ल्याएको थियो । त्यतिबेला ३०० जनाले उक्त प्याकेजको सेवा लिन भुक्तानी गरेका थिए । पैँतिस कोठा भएको यो होटलमा पौडी पोखरी, एक सय जना अट्ने सभा कक्षलगायत सुविधा छ। 

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्