Kathmandu Press

युएईविरुद्ध चम्किए सोमपाल र करण

काठमाडाैं, चैत ४ : नेपाललाई सामान्य लक्ष्य सोमापाल कामी र करण केसीले घातक बलिङ गरेपछि आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध नेपालले...
युएईविरुद्ध चम्किए सोमपाल र करण

काठमाडाैं, चैत ४ : नेपाललाई सामान्य लक्ष्य सोमापाल कामी र करण केसीले घातक बलिङ गरेपछि आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध नेपालले १६९ रनको सामान्य लक्ष्य पाएको छ।

नेपाली फास्ट बलरले धारिलो बलिङ गरेपछि सारजाहमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रनमै अलआउट भयो।

उसका रोहन मुस्तफा र चुन्डाङगापोइल रिचवानले समान ४० रन बनाउँदा मुहम्मद वासिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए। युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल र करणले घातक बलिङ गरे।

सोमपालले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए भने करणले ७.३ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले पनि समान १ विकेट लिए।

 

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्