मुलुकको परिवर्तनको महसुस गर्नेगरी सरकारले काम गर्ने : मन्त्री श्रेष्ठ
काठमाडाैं, चैत ४ : भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महसुस गर्नेगरी सरकारले काम गर्ने बताएकी छन्।शुक्रबार नापी...
काठमाडाैं, चैत ४ : भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महसुस गर्नेगरी सरकारले काम गर्ने बताएकी छन्।
शुक्रबार नापी कार्यालय भक्तपुरद्वारा मध्यपुर थिमिमा आयोजित लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताले परिवर्तनको वास्तविक महसुस गराउन सरकार र जनप्रतिनिधि इमानदार हुनुपर्ने बताएकी हुन्।
जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवासुविधा प्रदान गर्ने कार्यमा सबै जनप्रतिनिधि लाग्नुपर्ने उनको भनाइ थियो। उनले नापी र मालपोतका कर्मचारी भन्नेबित्तिकै जनताले मुख फर्काउने काम गरेको इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई सुझाव दिइन्।
लालपूर्जाको अभावमा राष्ट्रियताविहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केही नेपाली वञ्चित हुन परेको अवस्था रहेको भन्दै मन्त्री श्रेष्ठले यसलाई छिट्टै अन्त्य गरिने धारणा राखे। लालपूर्जा वितरण कार्यक्रम सुरु गरेपछि मन्त्रालयले करिब १५ हजारको हाराहारीमा पुर्जा वितरण गरिसहेको उनले जानकारी दिइन्।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका साबिक वडा ६ र ७ का बासिन्दालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको थियो।











