अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएर फर्कियो
काठमाडाैं, चैत ४ : अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज आज (शुक्रबार) काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार शुक्रबार बिहान...
काठमाडाैं, चैत ४ : अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज आज (शुक्रबार) काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको हो।
अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री लिएर कार्गो जहाज काठमाडौं आएको विमानस्थल स्रोतको भनाइ छ। यस्तो विमान पहिलोपटक आएको भने होइन।
पछिल्लो एक वर्षमा कूटनीतिक नियोगका सामग्री लिएर चारपटक यस्तो जहाज आइसकेको विमानस्थलका एक उच्च अधिकारलिे बताए। उनका अनुसार २०२१ को जनवरी, अप्रिल र अगस्टमा पनि अमेरिकी एयर फोर्सको यस्तो जहाज काठमाडौंमा आएको थियो।
विमानस्थलमा अमेरिकी एयर फोर्सको कार्गो जहाजजहाज आएलगत्तै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले विभिन्न आशंका गर्दै आआफ्ना अभिव्यक्ति दिएका छन्।
कार्गो विमानको तस्बिर र भिडियो राखेर अमेरिकी जहाज नेपाल आएकोप्रति अनेक कोणबाट सामाजिक सञ्जालमा चासो व्यक्त गरिएको छ। कतिपयले एमसिसीसँग जोडेर पनि प्रतिक्रिया दिइरहेका छन्। आवश्यक कागजात दिएर जहाज आए पनि सेना भने नआउने स्रोतको भनाइ छ।











