३५ लाख खर्चेर म्याग्देमा सार्वजनिक शौचालय निर्माण
तनहुँ, चैत ४ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको रु ३५ लाखको लागतमा म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ। पृथ्वीराजमार्गका क्षेत्रमा...
तनहुँ, चैत ४ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको रु ३५ लाखको लागतमा म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ।
पृथ्वीराजमार्गका क्षेत्रमा शौचालय नहुँदा जथाभावी फोहोर हुन थालेपछि शौचालय निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए। खुला दिसामुक्त बनेको जिल्लामा जताततै दुर्गन्ध र फोहोर गर्न थालेपछि शौचालयको आवश्यकता महसुस गरी शौचालय निर्माण गरिएको हो ।
उनले भने, ‘वडालाई न्यूनतम मासिक भाडा बुझाउने गरी ठेक्कामा दिने योजना बनाएका छौँ । शौचालयमा रेखदेख र सरसफाइका लागि एक÷दुईजना जनशक्ति आवश्यक पर्ने हुँदा दिसापिसाब गरेको न्यूनतम शुल्क तोकिने सोच बनाएका छौं ।’ शौचालयको निर्माण पूरा भइसके पनि प्रयोगमा ल्याई नसकिएको सो वडा कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १३:३४ बजे, शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












