Kathmandu Press

माओवादी केन्द्र लुम्बिनीले ताेक्याे नौ जिल्ला संयोजक

काठमाडौं, चैत ४ : माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेशअन्तर्गतका नौ जिल्ला संयोजक तोकेको छ।बुधबार बसेको प्रदेश समितिको प्रथम पूर्ण बैठकले रुकुम पूर्वमा होमप्रकाश...
माओवादी केन्द्र लुम्बिनीले ताेक्याे नौ जिल्ला संयोजक

काठमाडौं, चैत ४ : माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेशअन्तर्गतका नौ जिल्ला संयोजक तोकेको छ।

बुधबार बसेको प्रदेश समितिको प्रथम पूर्ण बैठकले रुकुम पूर्वमा होमप्रकाश श्रेष्ठ, नलवपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा नारायण तिवारी, कपिलवस्तुमा विष्णु शाह, गुल्मीमा वीरबहादुर कार्की, प्युठानमा तिजबहादुर एमसी, रोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्खाखाँचीमा राजेन्द्र भुसाललाई संयोजक तोकेको हो।

पाल्पा र बर्दियामा भने संयोजक तोक्न बाँकी छ। ती जिल्लामा पनि चाँडै संयोजक तोकिने माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ।

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्