Kathmandu Press

नेमारको निर्णायक गोलमा पीएसजी विजयी

काठमाडौ, असोज १२ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ।

गएराति भएको खेलमा पीएसजीले बोर्डु....

नेमारको निर्णायक गोलमा पीएसजी विजयी

काठमाडौ, असोज १२ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ।

गएराति भएको खेलमा पीएसजीले बोर्डुअक्समाथि १–० को संघर्षपूर्ण जित निकालेको हो। पीएसजीको जितमा ब्राजिलियन स्टार खेलाडी नेमार बने। 

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पीएसजीका लागि नेमारले खेलको ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ। पीएसजी ८ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा रहँदा पराजित बोर्डुअक्स समान खेलबाट १२ अंकका साथ लिगको छैटौँ स्थानमा छ।
 

प्रकाशित मिति: ०९:२४ बजे, आइतबार, असोज १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्