Kathmandu Press

काठमाडौं महानगरद्वारा आनन्दकुटीमा बुद्ध मूर्ति प्रतिस्थापना  

काठमाडौं, चैत ४ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आनन्द कुटी विहारमा आज (शुक्रबार) बुद्ध मूर्ति अनावरण गरेका छन्।२०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि विहारको...
काठमाडौं महानगरद्वारा आनन्दकुटीमा बुद्ध मूर्ति प्रतिस्थापना  

काठमाडौं, चैत ४ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आनन्द कुटी विहारमा आज (शुक्रबार) बुद्ध मूर्ति अनावरण गरेका छन्।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि विहारको पुननिर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागारभित्र ७ फिट अग्लो शाक्यमुनि बुद्धको मूर्ति प्रतिस्थापन गरेको हो।

मूर्ति अनावरणपछि बोल्दै मेयर शाक्यले बुद्ध जन्मेको देशमा बुद्धसँग सम्बन्धित काम गर्न राज्यका तर्फबाट महानगरले लगानी गरिरहेको बताए। ‘नेपालमा विहार बनाउन अरु देशले लगानी गरेका छन्। त्योभन्दा धेरै लगानी हामी आफैँले गर्नुपर्छ,’ उनले भने।

Hardik ivf

उनका अनुसार काठमाडौँ महानगरले लुम्बिनीमा नेपाली शैलीको महाविहार निर्माण गरेको छ। महानगरकै वडा १० को अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन निर्माण गरेको छ। वडा २८ मा बुद्ध विहार र वडा २५ को धर्मकीर्ति महाविहारको विस्तार भवन निर्माण सम्पन्न भएको छ। वडा ५ मा नरबुद्ध विहार निर्माण भइरहेको छ।

‘महानगरकै पहलमा भगिनी सम्बन्ध भएको रामग्राम नगरको पण्डितपुरमा शान्ति कोलियग्राम पार्क पनि निर्माण भइरहेको छ,’ मेयर शाक्यले भने, ‘सरकारी पैसा खर्च गर्न कानुनले तोकेका प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्छ। यसको परिधिमा बसेर हामीले बुद्ध दर्शन प्रवर्धनका लागि लगानी गरिरहेका छौँ।’

विश्व सम्पदा क्षेत्रमा रहेको स्वयम्भू क्षेत्रमा महानगरले निर्माण गरेको वुद्ध मूर्तिका कारण महानगरको गौरव अझ बढेको छ। मूर्ति अनावरणपछिको प्रतिक्रियामा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘पहिले सानो मूर्ति थियो। हामीले यसलाई ठूलोबाट प्रतिस्थापन गरेका हौं।’ 

आनन्द कुटी विहार १९९९ मा धम्मालोक महास्थविरले नेपालमा बुद्ध शासनलाई पुनर्जागरण गराउन स्थापना गरका हुन्।

 
 

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्