Kathmandu Press

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं, चैत ४ : केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक परिषद् अध्यादेश ल्याएर विभिन्न निकायमा गरिएका नियुक्तिविरुद्ध दायर भएको रिटको सुनुवाई आज हुने...
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं, चैत ४ : केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक परिषद् अध्यादेश ल्याएर विभिन्न निकायमा गरिएका नियुक्तिविरुद्ध दायर भएको रिटको सुनुवाई आज हुने भएको छ। 

संसद अधिवेशन अन्त्य गरी असंवैधानिक अध्यादेश ल्याएर संवैधानिक निकायमा नियुक्ति गरिएको भन्दै वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी , ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

शुक्रबार संवैधानिक इजलासबाट उक्त रिटमा सुनुवाई हुने भएको हो। निवेदकहरुले संविधानको मर्म विपरित ल्याइएको अध्यादेश र त्यसबाट भएको नियुक्ति खारेज गर्न माग गरेका छन्। 
 

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्