Kathmandu Press

पतिको कुटाइबाट मृत्यु

झापा, चैत ४ : झापाको बिर्तामोड नगरपालिकामा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ। बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया...
पतिको कुटाइबाट मृत्यु
Hardik ivf

झापा, चैत ४ : झापाको बिर्तामोड नगरपालिकामा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ। बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो। 

गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पतिको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।

नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइतीघर ल्याएकाेमा बिहीबार राति खेमजुङकाे मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: ११:४० बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्