युरोपा लिगको क्वाटरफाइनलमा बार्सिलोना

काठमाडौं, चैत ४ : टर्किस क्लब गालाटासारेमाथि जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीमाथि २–१ को पुनरागमन जित निकाल्दै बार्सिलोना अन्तिम आठमा पुगेको हो।
यसअघि पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। इस्तानबुलमा बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेड्री र पिएरे इमरिक औवामियाङले गोल गरे।
घरेलु टोलीका मार्काओले गोल गरेका थिए।
प्रकाशित मिति: ०७:२८ बजे, शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











