दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिका लागि प्रदेश सरकारसँग माग
विराटनगर, चैत ३ : एक हप्ताअघि सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्तिका लागि नेकपा (एमाले) प्रदेश नं १ कमिटीका...
विराटनगर, चैत ३ : एक हप्ताअघि सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्तिका लागि नेकपा (एमाले) प्रदेश नं १ कमिटीका अध्यक्ष एवं प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले माग गरेका छन।
न्यौपानेले मुख्यमन्त्री राजेन्द्रकुमार राईसँगको भेटमा प्रतिपरिवार १० लाख र घाइतेको निःशुल्क उपचारका लागि माग गरे। पीडितको समस्या छिटोभन्दा छिटो सम्बोधन गर्न उनले आग्रह गरे। गत बिहीबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १५ जनाका परिवार तथा घाइतेलाई प्रदेश सरकारले राहत उपलब्ध गराउन नसकेको भन्दै एमालेले प्रदेश सरकारको आलोचना गरेको छ। उक्त दुर्घटनामा १४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा गम्भीर घाइते चारजना अहिले उपचाररत छन्।
प्रकाशित मिति: १९:३३ बजे, बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










