Kathmandu Press

धवलागिरि हिमाल आरोहणका लागि आउन थाले आरोही

म्याग्दी, चैत ३ : म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन्। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक...
धवलागिरि हिमाल आरोहणका लागि आउन थाले आरोही

म्याग्दी, चैत ३ : म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन्। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन्। यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ।

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ। वसन्तकालीन याममा हिमाल चढ्ने अनुमति लिएका १० जना आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुगेका इटली आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाले बताए।

Hardik ivf

'यो यामको पहिलो टोली आधारशिविर आइपुगेका छन्,' उनले भने, 'कोरोना सङ्क्रमणको दर घटेको र कोरोना विरुद्धको खोपको पहुँच बढेकाले अब पर्यटकीय गतिबिधी बढ्ने अपेक्षा छ।'

इमेजिङ नेपाल ट्रेकमार्फत आएका आरोही ताकमबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए। 'दश जनाको टोली हेलिकोप्टरबाट धौलागिरि आधार शिविर पुगेका छन्,' उनले भने, 'अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन्।'

अमेरिका, जापान, चीन, क्यानडा, नर्वेलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका हुन्। गत शरद याममा ४० जनाले धौलागिरि आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए। सन १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरले पहिलो पटक धौलागिरि हिमालको आरोहण गरेका थिए।

प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्