Kathmandu Press

भरुवा बन्दुकसहित दुईजना पक्राउ

भरुवा बन्दुकसहित दुईजना पक्राउ

सिन्धुली, चैत ३ : सिन्धुलीको कमलामाईमा दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्ने कमलामाई नगरपालिका–१२ लुडेडाँडाका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेकाे प्रहरीले जनाएकाे छ। उनीहरू बुधबार राति पक्राउ परेका हुन्।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बन्दुक लुकाईछिपाई राखेको अवस्थामा फेला पारेकाे र उनीहरूलाई पक्राउ गरेको जनाइएकाे छ।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ।

प्रकाशित मिति: १७:५५ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्