देशभरि थप २७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, चैत ३ : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा २२...
काठमाडाैं, चैत ३ : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा २२ जना र ३ हजार ९३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै बिहीबार पनि कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थप २ सय २० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ७ सय ८१ जना कोरोनामुक्त भएका छन्।
हाल नेपालमा ४ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












