Kathmandu Press

भक्तपुरको भीमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर, चैत ३ : फागु पूर्णिमाको अवसरमा भक्तपुरको भीमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको...
भक्तपुरको भीमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर, चैत ३ : फागु पूर्णिमाको अवसरमा भक्तपुरको भीमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागेको हो।

फागु पूर्णिमाका दिन भीमसेन देवताको विधिवत रूपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नाका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ।

यस दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी संघ संस्था, पसलेलगायतले बलिसहितको पूजा चढाउँछन् भने स्थानीय महिला हाकुपटासीमा सजिएर भीमसेन देवताको पूजापछि सम्येबजी खाएर एकापसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ।

 

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्