थाइल्यान्डसँग मैत्रीपूर्ण खेलको तयारीमा जुट्दै नेपाली फुटबल टिम
काठमाडाैं, चैत ३ : नेपाली राष्ट्रिय फुटबल टिम चैत दोस्रो साता थाइल्यान्डसँग हुुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा जुटेको छ।थाइल्यान्डको राष्ट्रिय टिम र एक क्लबसँग...
काठमाडाैं, चैत ३ : नेपाली राष्ट्रिय फुटबल टिम चैत दोस्रो साता थाइल्यान्डसँग हुुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा जुटेको छ।
थाइल्यान्डको राष्ट्रिय टिम र एक क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिएको हो। चैत १० र चैत १३ गते हुने दुई मैत्रीपूर्ण खेलका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
फिफा वरीयतामा नेपाल १६७औं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ। मैत्रीपूर्ण खेल एएफसी एसियन कप छनोट तयारीका लागि पनि महत्वपूर्ण हुने प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए।
्उरनले एसियन कप छनोट अगाडि नेपालको खेलको अवस्थाको पनि मूल्यांकन हुने बताए। थाइल्यान्ड बलियो टिम भए पनि मैत्रीपूर्ण खेलमा नेपालले जीत हासिल गर्ने गरि नै तयारी भइरहेको उनको भनाइ छ।
नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो। छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्।











