एमाले धनुषाको अध्यक्षमा पुनः यादव
धनुषा, चैत ३ : एमाले धनुषा अध्यक्षमा राजकिशोर यादव चयन भएका छन्।जनकपुरधाममा बुधबार राति सम्पन्न सातौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा पुनः उनकै अध्यक्षतामा १...
धनुषा, चैत ३ : एमाले धनुषा अध्यक्षमा राजकिशोर यादव चयन भएका छन्।
जनकपुरधाममा बुधबार राति सम्पन्न सातौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा पुनः उनकै अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला समिति चयन गरेको हो।
गठित समितिको जिल्ला उपाध्यक्षमा भोला यादव, सचिवमा तेजनारायण यादव, उपसचिव तारालाम बस्नेत र उपसचिवमा श्याम पुर्वे रहेका छन्।
यसअघि २०७१ मा सम्पन्न छैटौं जिल्ला अधिवेशनमा पनि यादव नै अध्यक्षमा चयन भएका थिए।
प्रकाशित मिति: १२:५० बजे, बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












